दफा २४
सम्पत्ति बेचबिखन गर्न नपाउने
: प्राधिकरणले नेपाल सरकारको पूर्वस्वीकृति नलिई कुनै अचल सम्पत्ति र एक लाखभन्दा बढी मूल्यको कुनै चल सम्पत्ति कसैलाई बेचबिखन गर्न वा अन्य किसिमले हस्तान्तरण वा नामसारी गरी दिन पाउने छैन ।
तर काममा प्रयोग भई वा अन्य कुनै कारणबाट काम नलाग्ने देखिएका सामानहरु लिलाम बिक्री गर्दा नेपाल सरकारको पूर्वस्वीकृति लिनु पर्ने छैन ।
तर काममा प्रयोग भई वा अन्य कुनै कारणबाट काम नलाग्ने देखिएका सामानहरु लिलाम बिक्री गर्दा नेपाल सरकारको पूर्वस्वीकृति लिनु पर्ने छैन ।